images
images
  • सशस्त्रद्धारा एक वर्षमा १ अर्ब २६ करोड बढीको सामग्री बरामद

    काठमाडौं- सशस्त्र प्रहरीले एक वर्षमा १ अर्ब २६ करोड भन्दा बढीको सामग्री बरामद गरेको छ।

    आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरीले १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीका सामान नियन्त्रणमा लिएको हो। यो रकम भन्सार दाखिला भएको छ।

    आर्थिक वर्ष २०७८/०७९ को भन्दा यस आर्थिक वर्षमा करिब २७ प्रतिशत बढी दाखिला भएको प्रवक्ता तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

    आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरूले वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरेका हुन्।

    सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनका लागि बीओपीको संख्या बढाउनुको साथै सीसीटीभी जडान र मनिटरिङ बढाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images