images
images
  • सीता दाहालको निधनले भारतीय प्रधानमन्त्री दुखी, सीता दाहालप्रति दिए श्रद्धाञ्जली

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको मृत्युको खबरले मर्माहत भएको बताएका छन् ।

    मोदीले ट्विट गर्दै सीता दाहालप्रति श्रद्धाञ्जली दिएका छन् ।

    उनले प्रधानमन्त्री दाहाललाई मेन्सन गर्दै उनीप्रति समवेदना प्रकट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।

    @cmprachandaप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
    ॐ शान्ति।’

    सीता दाहालको आज बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images