images
images
  • पर्यटन बोर्डले १ अर्ब ३० करोड बराबरको बजेट ल्याउँदै

    काठमाडौं- नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षको लागि १ अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ।

    बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनका लागि ८० करोड रुपैयाँ खर्चिने सीइओ डा. धनन्जय रेग्मीले बताए।

    ‘सन् २०२५ मा सरकारले नेपालमा विशेष भ्रमण वर्ष आयोजना गर्न लागेको छ। त्यसलाई पनि हेरेर बजेट व्यवस्था गर्दैछौं,’ उनले भने।

    बोर्डले विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय संचार माध्यम, फ्याम ट्रीप, बिटुबी मिटिङ लगायतबाट प्रवर्द्धन गरिने उनले बताए। रेग्मीका अनुसार बाँकी रकम पर्यटन पूर्वाधारमा खर्चिने योजना छ।बोर्डले भारत र चीनमा बढी केन्द्रित भएर पर्यटनका गतिविधि प्रचार गर्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images