images
images
  • सशस्त्रद्धारा १ लाख ७५ हजार बढीको चोरीपैठारीका सामान बरामद

    रौतहट- सशस्त्र प्रहरीले रौतहटबाट १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको स्टेशनरी, लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ।

    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर) ले बरामद गरेको हो।

    बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images