images
images
  • कञ्चनपुर सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

    महेन्द्रनगर-  कञ्चनपुर सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् ।

    जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

    पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए । राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए।

    खुकुरी प्रहार गर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images