डोल्पा- जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।
कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।
हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ बजेको हो।‘मलाई जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ।’
आफूमाथि कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गरेर बायाँ आँखा हेर्न गाह्रो भइरहेको र नाक पनि दुखिरहेको बताएका छन् ।
हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने बताएका छन् ।


विश्व खबर 



















