images
images
  • बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

    काठमाडौं- नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

    बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

    भूकम्पले क्षति पुर्याएरनपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images