काठमाडौं-चितवनको भरतपुर महानगरपालिकाकी मयेर रेणु दाहाललाई उत्कृष्ट जनप्रतिनिधी अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौँ वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिका र मेयर दाहाललाई उत्कृष्ट जनप्रतिनिधी अवार्डबाट सम्मानित गरेको छ ।
विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुर महानगरपालिका र मेयर दाहाललाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्याङकनको आधारमा देशकै पहिलो स्थानिय तहमा पहिलो भएको थियो । विकास, समृद्धि र सुशासनलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानिय सरकार र जनप्रतिनिधीलाई सम्मानित गर्ने गरेको विश्व खबर मिडियाका अध्यक्ष संजिवकुमार दाहालले बताए ।
अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी (पौडेल)्र लाई संयुक्त रुपमा सम्मानित गरेको थियो ।


विश्व खबर 




















