images
images
  • राहत पुग्यो गन्धर्व बस्तीमा

    कचनकवल गाउँपालिका–२ को गन्धर्व बस्तीमा राहत जुट्न थालेको छ । राष्ट्रिय समाचार समिति (रासस)मा केही दिनअघि ‘रोगले भन्दा भोकले मर्ने भइयो’ शीर्षकमा समाचार छापिएपछि विभिन्न सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका थिए । सोही समाचारका कारण दाताहरु खाद्यान्न लिएर गन्धर्व बस्ती पुग्न थालेका हुन् ।

    कोही चामल, कोही खानेतेल, साबुन, नुन, दाललगायत अत्यावश्यक खाद्य सामग्री लिएर गन्धर्व बस्ती आउन थालेको पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले बताउनुभयो । “ठूलो राहत मिल्यो”, उहाँले भन्नुभयो, “घरमा भएको अन्न सबै सकिकेको थियो, दाताहरुले ल्याइदिनुभयो, केही दिन अब भोकले मर्दैनौँ ।”
    
    शुक्रबार ४५ घर परिवारलाई एक बोराका दरले रु ९० हजारभन्दा बढीको समाजसेवी ज्वाला सङ्ग्रौलाले चामल पु¥याइदिनुभएको थियो भने श्री सत्य साइ सेवा सङ्गठन प्रदेश नं १ ले आवश्यक नुन, तेल, दाल प्रदान गरेको छ । कोरोना महामारीका कारण  देशका विभिन्न कुनाकन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएका गन्धर्व जाति आर्थिक सङ्कटमा परेको थियो । 
    
    त्यसैगरी उनीहरुलाई थप राहतकै लागि रासस झापा कार्यालयमार्फत काठमाडौँका केदार गन्दारीले रु ९० हजार पठाइदिनुभएको छभने औषधि व्यवसायी सङ्घले समेत रु एक लाखको खाद्यान्न तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images