दुधौलीमा सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मी र नगरप्रहरीको टोली परिचालन गरेको छ । नगर प्रमुख घनश्याम राउतले दुधौलीमा सङ्क्रमण बढेपछि जनचेतनाको कमी हुँदा सङ्क्रमण फैलिएको निष्कर्षसहित टोली परिचालन गरिएको बताउनुभयो ।
“सङ्क्रमण लागेका व्यक्तिलाई निकृष्ट प्रकारको व्यवहार समुदायले गर्दा सङ्क्रमणका लक्षण देखिए पनि खुलेर नआउने हुँदा यसको समुदाय र नागरिकको स्वास्थ्यमा ठूलो असर परिरहेको छ”, उहाँले भन्नुभयो, “म पनि कोरोना सङ्क्रमित हँु, अहिले कोरोनामुक्त भइसकेको छु, सङ्क्रमित नआत्तीकन उच्च मनोबलका साथ बस्ने र त्यो वातावरण घरपरिवार र समुदायले सिर्जना गर्नुपर्छ ।” उहाँका अनुसार नगर प्रहरीले जनचेतना फैलाउन माइकिङ गर्ने, सम्झाउने गरेको छ भने स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण पुष्टिपछि होम आइसोलेशनमा बस्दै आएका व्यक्तिलाई औषधि वितरण र स्वास्थ्य जाँच गर्दै आउनुभएको छ ।
हालसम्म ३४६ सङ्क्रमित हुनु भएकामा १३८ जना कोरोनामुक्त हुनुभएका छन् । यहाँ छ जनाले ज्यान गुमाउनु परेको छ । समुदायमा अझै सङ्क्रमण बढ्ने भएकाले नगरवासीलाई नआत्तिन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















