images
images
  • नक्कली फेसबुक बनाई ६० लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौं- फेसबुकबाट ६० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

    फेसबुकमा युवतीको नक्कली आइडी बनाएर ठगी गर्ने पर्वतको मोदी गाउँपालिका–२ घर भएका २६ वर्षीय विश्व शर्मा पक्राउ परेका हुन्।

    शर्माले फेसबुकमा साथी बनाई कुराकानी गर्दै आएका थिए। माया प्रेमको कुराकानी गरेर युवकहरूसँग पटक–पटक रकम माग गरेपछि पीडितले विभिन्न बैंक खाताहरू तथा डिजिटल वालेटहरू मार्फत करिब ६० लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानले देखाएको छ।

    शर्माले थप रकम मागेपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले शर्मालाई मोदी गाउँपालिकाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

    काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images