images
images
  • बाँकेमा थप पाँच जना संक्रमितको मृत्यु


    बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ ।

    रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका–११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।

    यस्तै बर्दियाको गुलरिया नगरपालिका–४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर–१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका–१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

    यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images