सप्तरी- सप्तरीमा बिमा रकम पाउन श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले बिमा रकम पाउनकै लागि श्रीमानको हत्या गरेको खुलेको हो । उनले बिमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्या आरोपमा उनकी श्रीमती कोशिलादेवी दास र उनका अन्य दुई सहयोगी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।
६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । ऋण चुक्ता गर्न बिमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ ।
अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले बताए ।


विश्व खबर 



















