
पीडा कसले सुनिदिने ?
बैतडी- आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् ।
आँपको रुखको छायामा बसेर सोही रुखको आँम आनन्दका साथ खाएको उनि सम्झन्छन् । अन्न र फलफूल बेच्ने लालमनीहरु अहिले गिट्ी कुटेर लालाबाला पालिरहेका छन् । कारण हो ०६२ आ आएको बाढीले सिँचाई कुलो भत्कीदा उनिहरुको खेत रुखो बन्यो ।
१–२ वर्ष आकासे पानीको भरमा बिउ छरेका उनिहरुको खेती सफल भएन् । न कसैले सिँचाई कुलो बनाइदियो । सिँचाई कुला निर्माणको माग गर्दै तात्कालीन गाविस, जिल्ला विकास समिति र अहिलेको नगरपालिका, प्रदेश र संघ सरकार धाएको वषौँ भयो । तर उनिहरुको समस्या अझै सम्म पनि समाधान हुन सकेको छैन् ।
मेलौली नगरपालिकाबाट समेत ४ घण्टाको पैदल दुरीमा रहेको मुद्रे, स्याल्तडी गाउँ राज्यका नीकाय समेत जान अल्छी गर्छन, नेताहरु पनि भोट माग्न मात्रै पुग्छन् । सिँचाई कुलो भत्केर विस्तापित बनेका ५० परिवार मेलौली नगरपालिका–६ मा वस्दै आएका छन् भने ५ परिवा मुद्रे, स्याल्तडीमै वसिरहेका छन् । ‘विस्तापित भएर बसाई सरेपछि हाम्रा घर भत्कीसके, घरका अवषेस समेत मेटीने अवस्थामा छन् । खेत झाडीमा परिणत भैसक्यो तर हामीहरुको पीडा कसले सुनिदिने ।’ विस्तापित लालमनी भट्ट भन्छन् ।
संचारको पहुँचबाट समेत टाढा रहेका स्थानीयहरुलाई धनगढी स्थित खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था याक नेपालले सम्बन्धित निकायहरुसंग जोड्ने काम ग¥यो । पीडितहरुको पक्षमा थुप्रै वकालत, वहस र पैरवी समेत भए फलस्वरुप सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ मा एक कराड २० लाख बजेट विनियोजन समेत ग¥यो । सो बजेटले खुसि भएका मुद्रे, स्याल्तडीवासी नागरिकहरुको खुसि सिँचाई डिभिजन कार्यालयका प्रमुखले टिक्न दिएनन् । कारण योजनाको सम्झौतानै गरिदिएनन् ।
मुद्रे स्याल्तडीको विषयमा याक नेपालले स्थानीय, प्रदेश र संघ सरकारसम्म विस्तापित नागरिकहरुलाई जोड्ने काम गरेको बताउछन् याक नेपाल धनगढीका प्रतिनिधि देवी खनाल । उनले भने ‘हामीले स्थानीय देखि प्रदेश सरकारसम्म उनिहरुलाई पु¥याएर तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टसम्मलाई भेटाउने काम ग¥यौँ, योजना पनि आयो तर सिँचाई डिभिजनको लापर्वाहीका कारण काम भएन् ।’ मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमा सिँचाई कुलो अवस्यक रहेको र कुलो निर्माण समेत सम्भव भएको प्रतिवेदन बुझाएको थियो । सरकारी प्रतिवेदन अनुसारनै उक्त क्षेत्रमा वर्षेनी उत्पादन हुदै आएको ३६ हजार ८ सय ३४ किलो खाद्यान्न ह्रास भएको छ । अहिलेसम्मको हिसाब गर्दा अन्नमात्रै ६ लाख २६ हजार बढी किलो खाद्यान्न ह्रास भइसकेको याक नेपालका देवी खनालको भनाई छ ।
आएको बजेट सम्झौताका लागि उपभोक्ता समिति समेत गठन गरेका यहाँका नागरिकहरुलाई तत्कालीन सिँचाई डिभिजन कार्यालयका प्रमुख तेजप्रसाद दाहालले अलमलमा पारि सम्झौता नगरिदिएको उनिहरुको आरोप छ । ‘सम्झौताका लागि पटक पटक आग्रह गर्दा समेत कहिले इन्जिनियर छैन, कहीले म बाहीर छु, टाइम छदैछ भन्नुभयो, जेठ सम्म यसरी अल्मल्याएर पछि अहिले सकिदैन अर्को वर्ष वयाँ योजना हाल्न लगाइदिउला भनेर ठक्नुभयो ।’ स्थानीय जयदत्त भट्टले दुखेसो गरे ।
दुई वर्ष कोभिडको संक्रमणले यहाँका स्थानीयहरु सरकारी कार्यालयहरु धाउन सकेनन् । फेरी अहिले उनिहरु सिँचाई कुलोको माग गर्दै सरकारी निकायहरु धाउन थालेका छन् । अहिले सिँचाई डिभिजन कार्यालयका प्रमुख संदीप ढंगोलले उनिहरुलाई कुलो निर्माणका लागि पहल गर्ने आश्वासन दिएका छन् । ‘बुझ्दा यहाँको समस्या गम्भीर रहेछ, फहिलेनै हुनुपर्ने काम भएन अब प्रदेश सरकारसंग विषेश महत्वका साथ यहाँको सिँचाई कुलाका लागि माग गरिन्छ ।’ डिभिजन प्रमुख डंगोलले भने । पटक–पटकको आश्वासनले आजित बनेका यहाँका सिँचाई कुलो प्रभावित नागरिकहरुको समस्याका बारेमा सरकार गम्भिर बन्नुपर्ने खाद्य अधिकार सम्बद्ध व्यक्तिहरुको भनाई छ ।
तस्बिरहरु संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस्