बाजुरा- बाजुराको बुढिनन्दा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेबिसघ बिच झडप भएको छ ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विवाद हुदा दुई विद्यार्थी संगठनबीच झडप भएका प्रहरीले जनाएको छ ।
झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताएका छन ।
भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए ।
त्रभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएको केही घण्टामा झडप भएको जनाईएको छ ।
मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ ।
बुढिन्नदा क्याम्पसका ४ सय १२ जनाले मतदान गर्ने भएका छन ।

























