images
images
  • ७ लाख ५० हजार बराबरको अवैध काठसहित ट्रयाक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

    कठमाडौं- जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका १ शिवनगरबाट फागुन २५ गते सशस्त्र प्रहरीले करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको ३० वटा गोलिया काठ र एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

    अवैध रुपले लैजाँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय क्यू.फिट सगुनको काठसहित लु २ त ८५६४ नम्बरको ट्रयाक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएको काठ र ट्रयाक्टर सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images