images
images
  • गुडिरहेको जिपमा लाग्यो आगो, जिप जलेर नष्ट

    ओखलढुंगा- सडकमा गुडिरहेको गाडीमा अचानक आगलगी हुँदा गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    काठमाडौंबाट चालकसहित ९ जना यात्रु बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमो जीपमा आज (शुक्रबार) दिउँसो करिब २ बजेतिर मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा आगलागी भएको हो ।

    सडकमा गुडिरहेको अवस्थामा इन्जिन अत्याधिक रुपमा तातिएर वायरिङको तार सट् हुँदा आगलागी भएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    उनका अनुसार आगलागीको संकेत पाउने बित्तिकै जीपमा सवार यात्रु र उनीहरुको सामान निकालिएकोे हुनाले मानविय क्षति भने भएको छैन ।गाडीमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भएपनि गाडी पूर्ण रुपमा जलेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images