पर्सा- सशस्त्र प्रहरी बलको पर्सा स्थित १३ नम्बर गणका घुमुवा सहायक हवल्दार जितेन्द्र सहनी बर्दिबास स्थित बाहिनीमा तानिएका छन् ।
उनले एउटा रेष्टुरेन्टमा बसेर आइजिपी राजु अर्याल र एसपी सुमन थपलियाको बारेमा बोलेको भिडियो कुरा सार्वनिक भए पछि बाहिनी तानिएका हुन ।
रेष्टुरेन्टमा बसेर उनले भनेका थिए पर्साको एसपी सुमन थपलिया चिफ सापको दाहिने हात भएकोले हामीलाई कसैले केही गर्न सक्दैन भन्दै गरेको कुरा भिडीयोमा सुन्न सकिन्छ ।
कुनामा बसेर चुरोट तान्ने सशस्त्र पर्साका घुमुवा सहायक हवल्दार जितेन्द्र सहनी हुन ।
एसपी थपलियाले असईको कमान्डमा चार जनाको घुमुवा टोली परिचालन गरिसकेका छन् । ती घुमुवाहरूमा असईहरू गजेन्द्र राउत , रामकेवल राय यादव बरिस्ठ हवल्दार जितेन्द्र यादव र सहायक हवल्दार जितेन्द्र सहनी छन् ।

यो भिडियो नवजनप्रहार साप्ताहिकले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्




















