images
images
  • प्रदेश-१ नामाकरणः नेकपा एस र जसपाद्धारा ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव दर्ता

    काठमाडौं- प्रदेश – १ को नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसापा)ले छुट्टै प्रस्ताव पेश गरेका छन् ।

    बुधबार प्रदेश संसद सचिवालयमा नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका हुन् ।

    उनीहरुले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावमा नेकपा एकीकृत समाजवादीकै अर्का सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेको बताइएको छ ।

    उता नेकपा एमाले र नेपाली काँग्रेसको सांसदलहरुले पनि प्रदेश– १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसकेका छन् ।

    त्यस्तै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि कोसी प्रदेशमै मतदान गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images