काठमाडौं- काठमाडौँको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन्।
पोखरा-१३ बस्दै आएका ती युवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका हुन्।
भाडामा बस्दै आएका युवाले शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउनेबित्तिकै घरबेटी एक महिला आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उनी पनि घाइते भएको प्रहरीले जनाएको छ।
आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुको कारण भने खुलेको छैन। घाइते दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ।
ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू अस्वाभाविक रूपमा बढिरहेका छन्।


विश्व खबर 




















