सुर्खेत- कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।
एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ ।
३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।
आइतबारको मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी थिए। दुई जना सांसद भने मतदानमा सहभागी भएनन्।
प्रदेशसभामा रहेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैलाई मत नदिएर तटस्थ बसे भने प्रदेशसभा बैठकको अध्यक्षता गरेका कारण कांग्रेस सांसद हिक्मतबहादुर विष्ट पनि मत विभाजनमा सहभागी भएनन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















