काठमाडौ- काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, “उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।”
काठमाडौं विमानस्थलबाट बिहान १:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्। जसमा ४१ जना महिला र २७ पुरूष छन्।
प्रतिक्रिया दिनुहोस्




















