बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले अर्कैको नाममा अर्कैको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कास्की जिल्ला पोखरा महानगरपालिका–२० भलाम बस्ने २० वर्षीय अशोक गुरुङ र २४ वर्षीय कुशल गुरङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी गंगा बहादुर थापाले दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने र परीक्षा दिन लगाउने दुवैलाई पक्राउ गरेको बताए ।
बुधबार बिहान बागलुङ नगरपालिका-१, खनियाघाट स्थित ट्रायल सेन्टरबाट अर्कैको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कास्की जिल्ला पोखरा महानगरपालिका-२० भलाम बस्ने २० वर्षीय अशोक गुरुङ र २४ वर्षीय कुशल गुरङलाई पक्राउ गरिएको सुचना अधिकारी डिएसपी गंगा बहादुर थापाले बताए ।
निज गुरुङलाई परिक्षा दिँदै गरिएको अवस्थामा सङ्का लागेर सोधबुझ गर्दा अर्कैको परीक्षा दिएको पाइएपछि दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
सवारीचालक अनुमतिपत्रको परीक्षाका लागि पोखराबाट दुवैजना बागलुङ आएको र निज २४ वर्षीय गुरुङले परीक्षा उत्तीर्ण गर्न नसक्ने ठानेर भाइलाई परीक्षा दिन लगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको डिएसपी थापाले बताए । निज निवेदक २४ वर्षीय गुरुङ वैदेशिक रोजगारीबाट फर्केको र परीक्षा उत्तीर्ण गर्न नसक्ने ठानेर विरामी भएको भन्दै भाइलाइ परीक्षा दिन लगाएको पक्राउपछि यातायात व्यवस्था कार्यालय घटनास्थलमा भनेको बागलुङका प्रमुख पारसिङ्ग थापाले बताए ।
सवारी चालक अनुमतिपत्रको परीक्षामा बेलाबेलामा विभिन्न कानुनविपरीतका घटना सुनिने गरिएको भएपनि बागलुङमा भने यो घटना पहिलो भएको प्रमुख थापाले बताए ।परीक्षा सञ्चालनमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र जनपद प्रहरी निगरानीमा सञ्चालन गरिने व्यवस्था रहेको र हुलिया जाँचका क्रममा नक्कलि भएको पत्तालागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए ।
यातायात व्यवस्था विभागले चालक अनुमति पत्रका लागि अनलाइन आवेदनसमेत लिन थालेपछि लाइन लाग्नुपर्ने झण्झट केही कम त भएको छ, तर अनलाइन प्रणालीमा अनेकौँ समस्या रहेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।
अनलाइनमा फारम भरेका सेवाग्राहीले पनि पालो कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता छ । यी सबै कामका लागि एउटै सेवाग्राही पटक–पटक कार्यालय पुग्दा खर्च हुने पैसा, समय र श्रम ठूलो छ । त्यसमाथि लाइन बस्दाका सास्ती र दिक्दारीको त कुनै लेखाजोखा नै छैन ।
सेवाग्राहीले भोग्नुपर्ने यही हैरानी र दिक्दारीको लाभ बिचौलिया (एजेन्ट)ले उठाउने गरेका छन् । उसो त यातायात कार्यालय भन्नासाथ सेवाग्राहीको दिमागमा सबैभन्दा पहिले आउने चित्र नै बिचौलियाको हो । कार्यालयको वरपर नै हामी सजिलो गरी काम गरिदिन्छौँ भन्दै पुग्ने उनीहरू लाइनमा पनि साउती मारिरहेका देखिन्छन् । उनीहरू भित्र आफूहरूले सेटिङ मिलाउने भएकाले केही रकम दिए विना झण्झट काम हुने बताउँछन् । घण्टौँको लाइन र त्यो पनि पटक पटक बस्नुपर्ने भएपछि वाक्क दिक्क हुने सेवाग्राही बरु केही रकम दिएर उनीहरूसँगै सेवा लिने निष्कर्षमा पुग्ने गरेका छन् ।
यातायात व्यवस्था कार्यालयमा पुग्ने सेवाग्राहीलाई बिचौलियाले आफ्नो प्रभावमा पार्छन् । पटक पटक कार्यालय धाउँदा हुने हैरानी र समयको क्षतिको तुलनामा बिचौलियालाई नै निश्चित रकम दिएर काम गराउनु उचित ठान्छन् सेवाग्राही । यस्तै कारणले वर्षौँदेखि यातायात व्यवस्था कार्यालयमा फस्टाएको बिचौलिया राज घट्न सकेको छैन ।
विगतमा कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सेवाग्राहीको काम लिने र लाइनमा बस्नेहरूको भन्दा चाँडो काम गरिदिने बिचौलियाको धन्दा असाध्यै फस्टाएको थियो । यस्तो रकममा कर्मचारी र बिचौलियाले भागबण्डा गर्ने गरेको धेरै घटनाले पुष्टि गरिसकेका छन् । अहिले त्यो अवस्थामा केही सुधार त भएको छ । तर, यो बिचौलिया राज अझै चलिरहेकै छ ।


विश्व खबर 




















