images
images
  • सिमुलेसन विज्ञान प्रदर्शनी : ‘विद्यार्थी तथा अभिभावकले छुटाउनै नहुने कार्यक्रम’

    काठमाडौं – बालबालिका तथा विद्यार्थीहरूलाई लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । समुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।

    होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरु सहभागी हुने व्यवस्था मिलाइएको छ ।

    प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकाहरूलाई विषय बुझ्नका लागि थप सहयोग गर्ने अपेक्षा गरिएको आयोजक सिमुलेसन साइन्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुदन बस्नेतले बताए ।

    ‘यस प्रदर्शनी विद्यार्थी तथा बालबालिकाका लागि अत्यन्तै लाभदायिक छ,’ उनले भने, ‘प्रदर्शनीमा भाग लिनुहुने सबैको बौद्धिक विकास हुनेमा हामी विश्वस्त छौं । त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई सो प्रदर्शनीमा लिएर जान हामी अनुरोध गर्दछौं ।’

    यसका साथै उक्त प्रदर्शनीमा सहभागीले होप्पील्याण्ड एमुजमेन्टमा रहेका सम्पूर्ण मनोरञ्जनात्मक क्रियाकलापहरू तथा जुरासिक सफारीमा निःशुल्क भाग लिन पाउने बस्नेतले जानकारी दिए । त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने बस्नेतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images