images
images
  • मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु

    कास्की – पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

    मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न पुगेकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

    छोरी भेट्न पुगेकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ ।

    जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images