images
images
  • सिन्धुपाल्चोक १ मा माओवादीका सापकोटा निर्वाचित

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले) का सरेश  नेपाललाई पराजित गरेका हुन् ।

    गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएको छ । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरेका हुन् ।

    क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images