images
images
  • सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परे

    डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।

    प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ ।

    नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images