images
images
  • विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

    मोरङ – लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो ।

    कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराएका थिए।
    विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका थिए ।

    विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिए । “पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो”, निरौलाले भन।

    प्याब्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताए। कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरु अमर हर्ट मेमोरियल इङ्गलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकेडेमी, जाँते नमूना, पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथिभरा इङ्गलिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images