images
images
  • चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    चितवन – तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६:३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

    तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर दमौली ल्याउने प्रयास भइरहेको उनले बताए ।

    गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।

    तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवा आक्रमणको बिगबिगी छ । ती पालिकाहरुमा दर्जनभन्दा बढि बालबालिकाहरुले ज्यान गुमाईसकेका छन् भने केही घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images