काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।
‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएको छ, किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आएका हुन्,’ पौडेल निकट एक कार्यकर्ताले भने ।
यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्



















