images
images
  • एआइजी अरूण बिसीले पाए अवकाश, तीन पद रिक्त

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) अरूणकुमार बिसीले अवकाश पाएका छन्।

    उनले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएका हुन्। उनी प्रशासन विभागमा कार्यरत थिए।

    यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन्। यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण अवकाश पाएका थिए।

    पोखरेलले आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। तर राजीनामा अस्वीकृत भएपछि उनको उमेर हदका कारण अवकाश पाएका थिए।

    यस्तै, कात्तिक २५ गते अर्को एआइजीको पद पनि खाली हुँदैछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् रवीन्द्रबहादुर धानुकले पनि अवकाश पाउन लागेका हुन्।

    रिक्त भएका पदमा बढुवाका लागि आइजिपी धिरजप्रताप सिंहकै ब्याचका मसऊद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य प्रतिस्पर्धामा छन्।

    यस्तै असार १९ गते बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा लगायत पनि बढुवाका लागि प्रतिस्पर्धामा छन्।

    सरकारले भने अहिले तत्काल रिक्त एआइजीमा बढुवा नगर्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images