images
images
  • देशभर थप ३ जनामा कोरोना, अझै ५७७ सक्रिय संक्रमित

    देशभर थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शनिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    ३७० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

    योसँगै अहिले ५७७ जना सक्रिय संक्रमित छन्।

    ३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।

    यस्तै अहिले देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण पनि फैलिएको छ।

    अहिलेसम्म ४६ हजार ४१३ जनामा डेंगी संक्रमण देखिएको छ।

    यसको संक्रमणबाट ४२ जनाले ज्यान समेत गुमाइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images