काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।
मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक होइनौं र रु सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठीबास लगाउने रु”
आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् ।
थापाथलीस्थित प्रसूति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजारा चलाउँदै आएकी थिइन् ।
त्यसैगरी हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ता चप्पल बेच्ने विमला चौलागाईंले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् । अर्की पीडित रामेछाप मन्थली घर भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चटपटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कसलाई भन्ने भन्दै भावुक भइन् ।\
नेकपा ९बहुमत० निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विना विकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वरोजगार नागरिकलाई अमानवीय व्यवहार गरेको भन्दै उनीविरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरूलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोशित भएको बताए।



















