काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आज साँझबाट पुनः अनसन सुरु गर्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि अनसन सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । अनसन सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।
यसअघि भएको माग सम्बोधन नभएको भन्दै केसी पुनः अनसन बस्न लागेका हुन्।
क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने लगायतका उनका मागहरु रहेका छन्।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए।
उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















