images
images
  • धनगढी विमानस्थलमा प्रहरीबाट एक यात्रुको ५ लाख लुट्ने प्रयास !

    धनगढी- रेमिट्यान्सले चलेको देशमा बैदेशिक रोजगारीमा जान लागेका एक युवक धनगढी विमानस्थलमा कुटिएका छन् ।

    पाँच लाख नगद किन बोकेर धनगढीबाट काठमाडौ जान थालेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ ।

    उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । प्रहरीले पैसा लिन नदिएपछि उनको जहाज पनि छुटेको छ । पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउदाबोलाउदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको थियो ।

    गिरीका अनुसार शुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कुटपीट गरेको हो । त्यसपछि अरु प्रहरीले पनि कुटपीठ गरे । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो । कुटेको कुरा बाहिर भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।

    मलाई प्रहरीलाई गाली गरेको भनेर कुटे, मैले गाली गरेको छैन , सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ । गिरी बैदेशिक रोजगारीका लागि काठमाडौ जादै थिए ।

    कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई कुनै पनि वहानामा कुट्न पाइदैन,,घट्ना बारे जानकारी लिइरहेको छु , गल्ती गर्ने प्रहरीलाई नियमावली अनुसार कार्वाही हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images