images
images
  • दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

    काठमाडौं– कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले  बताए ।

    आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

    आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images