२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

तीन हजार सङ्क्रमित

aa 7


वैशाख महिनादेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ४८ जना प्रभावित भएका छन् । सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ५०७ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट धेरै जनामा सङ्क्रमण देखा परेको हो । पिसिआर परीक्षण चार हजार ४७१ जनाको गरिएको छ । यसमध्ये पिसिआर गरिएकामध्येको तीन हजार ९५० जनाको नतिजा प्राप्त भएको छ । आठ हजार ८९ जनाको पश्चिमी सीमा नाका गड्डाचौकीमा एन्टिजेन परीक्षण गरिएकामा यसमध्ये ५१७ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म २१ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । यसमध्ये छ हजार ७८० जनाको नतिजा पोजेटिभ आएको थियो । सोही अवधिमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पाँच हजार ९९१ जना रहेको छ । हाल कोरोना भाइरसका सक्रिय केस ६१३ रहेका छन् । आइसोलेशनमा रहेकाको सङ्ख्या ९२ र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ५१५ रहेको छ । आइतबार कञ्चनपुरमा ४२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १८९ रहेको छ । हालसम्म कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा ९४ जनाको मृत्यु भएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n