बाजुरा- बडिमालिका नगरपालिकाले बडिमालिका पर्यटन वर्ष यात्रा सुरु गर्ने भएको छ ।
शनिबार बिहान पत्रकार सम्मेलनमा बडिमालिका नगरप्रमुख अमर खड्काले यात्रा बर्ष सुरु गर्ने बताएका हुन्। बडिमालिकामा आन्तरिक र बाह्य पर्यटक बढाउन बडिमालिका पर्यटन यात्रा बर्ष प्याकेज सुरु गर्ने भएका छन्।
पर्यटन वर्ष यात्राका लागि बडा न ६ का वडा अध्यक्ष कृष्ण खड्काको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा वडा नं.२ का वडाध्यक्ष डम्मर महत ८ का वडाध्यक्ष चन्द्र थापा र ९ का वडा अध्यक्ष सुर्य किरण वि.क. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगाएत नौं जनाको समिति गठन गरिएको छ ।
बडिमालिकालाई एक प्रसिद्ध पर्यटन क्षेत्रको रूपमा परिचित गर्न बाजुरा जिल्ला भरिका स्थानीय तहका जनप्रतिनिधि संग सहकार्य गरि अघि बढ्ने नगरप्रमुख अमर खड्काले बताएका छन ।
बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो पनि रहेको र बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन , जिल्ला बाहिरका पर्यटकलाइ बाटो खाना बस्नको सहजीकरण गर्यो भने पनि पर्यटक बढ्न सक्ने हेतुले बडिमालिका यात्रा बर्ष सुरु गरिएको नगरप्रमुख खड्काले बताए ।
त्यस्तै, यसपालिको पर्यटन वर्षले वडीमालिकाको रमणीय क्षेत्रमा वार्षिक ५ हजार भन्दा बढी पर्यटक भित्र्याउने मुख्य उदेश्यका साथ पर्यटन वर्ष बनाउन समिति गठन गरिएको संयोजक कृष्ण खड्काले बताएका छन् ।
साथै बडीमालिकाको पर्यटनमा बिकास गर्ने पर्यटकहरूलाई बाह्रै महिना घुम्न सक्ने वातावरण बनाउने हिँउदको महिनामा पनि पर्यटकलाई बडीमालिका पाटनमा सहज भ्रमण गर्नसक्ने जस्ता विषयलाई मध्यनजर गर्दै समिति गठन गरिएको अध्यक्ष खड्काले बताए ।
“समुन्द्री सतहबाट ४ हजार २ सय २७ मिटर उचाइमा रहेको बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई हजारौको धार्मिक आस्था र विश्वास जोडिए प्रमुख तिर्थस्थलका हिसावले पनि महत्वपूर्ण मानिन्छ ।


विश्व खबर 




















