images
images
  • झापाको पठामारीमा एउटै रुखमा किन झुण्डिए तीन किशोरी ?

    झापा- झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

    पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

    उनीहरु बयरको रुखमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images