images
images
  • स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुदा एक महिलाले बाटोमै जन्माइन् बच्चा

    बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमा छोरा जन्माएकी छन् । वडानम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ बर्षिय कार्तिका बिकले बाटोमा बच्चा जन्माएकी हुन् ।

    सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले गाउँ बाट एक घण्टा भन्दा बढीको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए ।

    घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताएका छन् । बिकको यो तेस्रो बच्चा रहेको जनाइएको छ ।

    294916954 5342375582506153 1005104240833356210 n

    स्वास्थ्यकर्मी होलान भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा जन्माएको बल बहादुर विकले बताएका छन् ।

    माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको वडा अध्यक्ष अजय बहादुर बिकले वताएका छन् । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको अजयले वताएका छन् ।

    स्वास्थ्य चौकीमा कार्यरत अनमी अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् ।

    गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज वि.क गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी कार्तिका वि.क फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् ।  वि.क र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नविकरण नहुदा स्वास्थ्य सेवा प्रभाबित भएको छ । बाजुरामा ३ बर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् ।

    bAJURA 1 1

    तस्विर: प्रकाश सिँह

    प्रतिक्रिया दिनुहोस्
    images
    images