images
images
  • देव विकास बैंकको १८ करोड हिनामिना, ३३ जनालाई जरिवानासहित कैद सजाय

    काठमाडौं- दाङको देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले फैसला सुनाएको छ।

    जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैद फैसला भएको छ।

    अदालतकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारीसहित केही सञ्चालक समितिका सदस्यलाई कसुरअनुसार जरिवाना र कैद सजायको फैसला सुनाएको हो।

    झन्डै तीन वर्षपहिले घोराही उपमहानगरपालिका- १० नारायणपुर बजारमा कार्यालय रहेको उक्त बैंकका कर्मचारी र सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा नेपाल सरकारले मुद्दा दायर गरेको थियो।

    उक्त मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले ३३ जना प्रतिवादीलाई कसुर अनुसारको कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने निर्णय गरेको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिए।

    वलीका अनुसार बिहीबारको फैसलाअनुसार प्रतिवादीहरूले ३६ वटा नक्कली कर्जा खाता खोली बदमासी गरेका थिए।

    प्रतिवादीमध्ये समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए। ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको देखिएको छ।

    त्यो पैसा उनले बसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए। उनीहरूले उक्त रकम आफ्नैजस्तो गरी झिकेर प्रयोग गरेका थिए।

    बैंकमा फर्जी खाता खोली बैंकको रुपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसूरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालते गरेको छ।

    कसलाई कति जरिवाना तथा कैद?

    १) बसन्तबहादुर बस्नेत- २ करोड १५ लाख ३६ हजार २५० रुपैयाँ जरिवाना र २ वर्ष कैद।

    २ ) मनोज केसी- १ करोड ४ लाख ११ हजार ७४६ रुपैयाँ जरिवाना २ वर्ष कैद।

    ३) रोशन बस्नेत- ७१ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

    ४) झगबहादुर डिसी- २० लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

    ५) विनोद खड्का- ५९ लाख ७५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    ६) शान्ति केसी- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

    ७) मुकेशकुमार गुप्ता- ४ लाख ५० हजार २५० रुपैयाँ जरिवाना र १५ दिन कैद।

    ८) सन्जय बगाले- १८ लाख ६२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    ९) विनोदकुमार वली- १५ लाख ३० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    १०) विजया शर्मा- १० लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    ११) विजयकुमार गुप्ता- ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

    १२) जीवराज रावत- ९ लाख रुपैयाँ जरिवाना र २० दिन कैद।

    १३) अर्जुन बस्नेत- १३ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    १४) नोमबहादुर बुढाथोकी- ७ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

    १५) वीरेन्द्रकुमार गुप्ता- ९ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना र २० दिन कैद ।

    १६) प्रेमबहादुर बुढाथोकी- ७ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

    १७) किरण रावत- ६ लाख ९३ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

    १८) नोखमतीकुमारी बस्नेत- ६ लाख ३२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

    १९) डेमकला खड्का- १४ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

    २०) नरबहादुर कार्की- ५ लाख ९५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

    २१) धनेश्वर आचार्य- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय।

    २२) द्रोणबहादुर केसी- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

    २३) रामबहादुर घर्ती- ७ लाख ७५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

    २४) केशवी बुढाथोकी- ५ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

    २५) बसन्त बुढाथोकी- ३५ हजार ७७२ रुपैयाँ जरिवाना र ४ दिन कैद।

    २६) शरद पोखरेल- ३ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

    २७) मतकुमार पौडेल- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

    २८) नरसिंह विश्वकर्मा- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

    २९) शालिकराम केसी- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

    ३०) खुवीराम न्यौपाने- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

    ३१) रविनकुमार डाँगी- १ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना र १० दिन कैद।

    ३२) हेमन्त पुन मगर- ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद।

    ३३) बालिका महरा- २५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद।

    प्रतिक्रिया दिनुहोस्
    images
    images