images
images
  • अत्यधिक गर्मीका कारण धनगढीमा नौं जना तालिमे प्रहरी बेहोस,,दुई जनाको अवस्था चिन्ताजनक

    कैलालीको धनगढीमा दौडने क्रममा लडेर नौं जना प्रशिक्षार्थी तालिमे प्रहरी जवान घाइते भएका छन् । उनीहरुमध्ये दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    अत्यधिक गर्मीका कारण नौं जना प्रशिक्षार्थी प्रहरी बिरामी भएका हुन् । नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर लड्दा घाइते भई अस्पताल भर्ना भएका हुन् ।

    तीमध्ये सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    दुई जना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    बेहोस हुनेमा सरोज चौधरी, प्रशान्त रावत, दिनेश सुनार सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर छन् । सरोज चौधरी र प्रशान्त रावतको भेन्टिलेटरमा उपचार भइरहेको छ । धनगढीमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images