२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

कैलालीमा कुटपिट गरी हत्या गरेको आरोपमा ४ युबक पक्राउ

कैलालीमा कुटपिट गरी हत्या गरेको आरोपमा ४ युबक पक्राउ


धनगढी । कैलालीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान बसपार्कमा रक्ताम्मे अवस्थामा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धान गर्ने क्रममा प्रहरीले सिसिटिभी फुटेजको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सिसिटिभी फुटेजका अनुसार उक्त पुरुष धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित प्रतिक्षालयमा सुतिरहेका थिए । सोही अवस्थामै खल्तीमा रहेको पैसा लुटेर कुटपिट गरी हत्या भएको थियो ।

फुटेजकै आधारमा प्रहरीले उनीहरूलाई बसपार्क क्षेत्रबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भनिने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका-४ का २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगरपालिका-१ का १८ वर्षीय युवराज शाही रहेका छन् ।

गँहुगोरो वर्णको, उचाई ५ फिट ६ इन्च, हातको पाखुरामा नागको ट्याटु, टाटेपाटे कलरको टिसर्ट र कालो कलरको जिन्स पाइन्ट लगाएको मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n