धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि पुर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति ल्याएको छ ।
आगामी आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित मर्मत सम्भार तथा स्तर उन्नतीका लागि मर्मत सम्भार इकाईको गठन गरी पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने उल्लेख गरे ।
उप महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि पुर्वाधार तर्फ अव बन्ने रणनीति सडकलाई ट्राफिकको चाप धान्न सक्ने तथा साईकट ट्रयाक सहितो सडक निर्माण गर्ने नीति लगेको छ । यसैगरी नगरका मुख्य चोकमा आधुनिक ट्राफिक लाईट जडान गरिने नीति कार्यक्रममा उल्लेख गरिएक्को छ ।
आगामी आर्थिक बर्ष देखि धनगढी उप महानगरपालिकाले कालोपत्रे सडक निर्माणको काम ठेक्का प्रक्रियाबाट मात्रै गर्ने भएको छ । यस अघि उप भोक्ता समितिबाट पनि कालो पत्रे सडक निर्माण हुने गरेकोमा आगामी आर्थिक बर्ष देखि भने सो नीति हटाएर ठेक्का मार्फत मात्रै कालोपत्रे सडक निर्माण गरिने नीति अवलम्बन गरिएको हो ।
धनगढी उप महानगरपालिकाले आगामाी ५ वर्षेलाई ‘हाम्रो धनगढी हामी बनाउछौं’ महाअभियानको रुपमा मनाउने नीति अबलम्बन गरेको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।
‘हाम्रो कार्यकाललाई हाम्रो धनगढी हामी बनाउछौं महाअभियानका रुपमा मनाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पन्च वर्षीय आवधिक योजना ९२०७९÷०८०–२०८३र०८४० तर्जुमा गरी कार्यान्वयन गरिने छ ।’
नगरको एकीकृत, सन्तुलित, दिगो र योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना ९२०७९÷०८०–२०८३÷०८४० तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख हमालले प्रस्तसत गरेको नीति कार्यक्रममा ‘जनस्वास्थ्य, सरसफाई तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण, तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगार र सहकारिताको विकास, प्रशासनिक पुनर्सरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवद्र्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दीगो प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।
उपमहानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, नीति सार्वजनिक जग्गाहरूमा शौचालय, हरियाली सहितका क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु निर्माण गरिने कार्यक्रम पनि समेटिएको छ ।
‘सार्वजनिक, नीजि, लाभग्राही साझेदारी, लगायत विकास साझेदारी निकाय ९एडीवी, नगर विकास कोष, विश्व बैंक, लगानी बोर्ड विकास, निफ्रा० जस्ता विकास निर्माणसँग आवद्ध निकायहरुको साझेदारीमा विकास आयोजनाहरु संचालन गर्ने नीतिलाई अवलम्बन गरिनेछ,’ नगर प्रमुख हमालले प्रस्तुत गरेको नीति कार्यक्रममा भनिएको छ, ‘उपमहानगरपालिकाको सन्तुलित, दीगो र समतामुलक विकासका लागि नविन उपायहरूको खोज, अन्वेषण गर्ने अभिप्रायले शोध तथा अनुसन्धानमूलक कार्यलाई प्रोत्साहन दिनुका साथै योजनावद्ध, वैज्ञानिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री तथा भाषिक प्राज्ञ सहितको ‘नगर विज्ञ समुह गठने छ ।’


विश्व खबर 




















