धनगढी- प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यो अधिवेशनबाट प्रेस चौतारी सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ । यस अघि संयोजन र सह संयोजन मात्रै रहेको कमिटीले अहिले पूर्णता पाएको हो ।
उपाध्यक्षमा लीली कुँवर र हरिश चन्द्र चयन भएका छन् । महासचिवमा शिवराज भट्ट , सचिवमा नरेन्द्र कार्की र सचिवमा कृष्ण बुढा तथा कोषाध्यक्ष लोकेश साउँद चयन भएको अध्यक्ष ओलीले बताए ।
२२ गते डडेल्धुरामा प्रदेश भेला सम्पन्न भएको थियो । १२ बुँदे घोषण पत्र जारी गर्दै भेला सम्पन्न भए पनि पदाधिकारीको टुंगो आइतबार लागेको हो ।
९९ सदस्यीय प्रदेश कमिटी रहने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















