बाजुरा- पछिल्लो समय दलहरुमा युवाको उपस्थिति बढ्दै गएको छ। ठूला दलहरुले एकै समय महाधिवेशन गरिरहँदा युवाहरुले आफ्नो उपस्थिति बढाएका छन्। पदको अस्वस्थ प्रतिस्पर्धा र पैसाका कारण राजनीतिज्ञको छविमा आमनागरिकले प्रश्न उठाउँदै गर्दा युवा पंक्तिले राजनीतिमा पकड बलियो बनाएका हुन्।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका भर्खरै सम्पन्न अधिवेशनले राजनीतिमा युवा पंक्तिको बर्चस्व बढाएको हो। विधिको शासन, कानुनी राज, सिद्धान्त, नैतिकता, विचारमा पनि राजनीतिज्ञ चुकिरहँदा महाधिवेशन गरिसकेका तीनै दलमा युवाको लोभ लाग्दो उपस्थिति देखिएको छ।
सत्तारुढ कांग्रेस-माओवादी र एमालेका तल्लो तहदेखि उपल्लो तहसम्म युवा नेतृत्वमा अटाएका छन्। जसको पछिल्लो उदाहरणका रुपमा एमालेका जिल्ला अधिवेशनको नेतृत्वलाई लिन सकिन्छ।
विभिन्न जिल्लामा सम्पन्न एमालेको अधिवेशनले ३० वर्षमुनिका युवालाई नेतृत्वमा पुर्याएको छ। जसको एक उदाहरण हुन्, बाजुराकी २३ वर्षीया समीक्षा विष्ट।
भ्रातृ संगठन अनेरास्ववियुको राजनीतिमा समीले चिनिने बाजुराको बूढीगंगा नगरपालिका-७ की बिष्ट भर्खरै सम्पन्न ७ औँ जिल्ला अधिवेशनमा सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी छन्।

राजनीतिक यात्राको सुरुवात
विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेकी समीले चार वर्षमै जिल्लाको नेतत्वमा आफूलाई स्थापित गर्न सफल भएकी छन्।
२०७० साल देखि अखिलको राजनीतिमा सक्रिय भएकि थिईन् । चार वर्षअघि अनेरास्ववियुको क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी समी अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कमिटी सदस्य भइसकेकी छन्।
बिष्टले क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै अनेरास्ववियु को केन्द्रिय कमिटी सदस्य बनिसकेकि थिईन् । अनेरास्वीयुको राजनीतिबाट नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य बनेकी हुन् ।
बिष्टले भनिन्, एमाले बाजुराले आफुलाइ महत्वपुर्ण जिम्मेवारी दिएको यसलाई कुशलता पुर्वक निर्वाह गर्ने वताएकी छन् ।सक्रिय राजनितिको पहिलो खुटकिलो रहेको यसलाइ सदुपयोग गरेर पाटिको हितमा काम गर्ने वताईन् । बिष्ट भन्छन्, राजनितक शुरुवात स्कुल देखि नै हो तर घरको सपोर्ट थिएन् । त्यो बेला पार्टी संगठनले आयोजना गरेका कार्यक्रममा जानको लागि लुकेर या घरका मान्छेलाइ छलेर जाने गरेको वताईन् ।
काउन्सिलको चुनाव लड्न पर्यो भन्ने प्रस्ताव आयो तर चुनावको बेला घरबाट क्याम्पस जानै रोक लगाइयो बिष्टले थपिन् । घरका मान्छे राजनितीमा अबुझ त कोहि पनि थिएनन् तर बुवाले पुरै जीवन राजनितिमा बिताउँदा धेरै दुःख कष्ट अनेकन बाधा अडचनहरु झेल्न परेको थियो, त्यही दुःख छोरीले झेल्न नपरोस् भन्नेर मलाई निषेध गरिएको थियो ।
बुवाले पार्टीको लागि गरेको संघर्ष त्याग, तपस्या, बलिदान र दुःख पीडातहरुलाई एक दिन् अवश्य पनि पुरा गरेर वुवाको समाज रुपान्तरणको सपनालाई साकार गरेरै छोड्छु भन्दै लागिरहेको बिष्टले वताईन् । अहिले भने घरपरिवार बाट पनि साथ समर्थन र सहयोग भइरहेको वताईन् । धेरैले त कलिलो उमेरमा जिल्ला कमिटि सदस्य भईन्, भनेर आलोचना गर्छन होला, तर म आफ्नो जिम्मेवारी पुरा गर्न कहिले पछाडि नहट्ने वताईन् ।
उनले राजनीतिमा आउनुको मुख्य श्रेय बुवा मीनबहादुर बिष्टलाई दिइन्। ‘स्कुल तहदेखि नै राजनीतिमा सक्रिय भएकी हुँ। राजनीतिमा आउनुको प्रेरणा बुवा नै हो,’ उनले भनिन्, ‘मेरो रोलमोडल बुवा र श्रद्धेय अध्यक्ष केपी ओली हुनुहुन्छ।’

जनीतिमा आउँदा भोग्नु परेको कठिनाइहरू
समीले राजनीतिमा आउँदा भोग्नु परेको कठिनाइहरू पनि खुलाइन्। ‘बुवाबाट प्रेरित भएर राजनीतिमा आए पनि सहज थिएन। बुवाले तँ राजनीतिमा लाग्नै हुन्न भन्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘त्यसको पनि कारण थियो। बुवा ३५ वर्ष एमालेको सक्रिय राजनीतिमा लाग्नुभयो। तर, अवसर पाउनुभएन। राजनीतिमा भविष्य नदेखेरै उहाँ नाइनास्ती गर्नुहुन्थ्यो।’
आफूले पाउन नसकेको अवसर र समाजले राजनीति गर्ने महिलालाई हेर्ने दृष्टिकोणकै कारण समीलाई राजनीतिमा नलागोस् भन्ने चाहन्थे बुवा मीनबहादुर। तर पनि समीमा राजनीति यसरी गढेको थियो कि उनी अभिभावकको आँखा छलेर पार्टी र जनवर्गीय संगठनका हरेक क्रियाकलापमा सहभागी हुन्थिन्।
‘घरबाट लुकेर जान्थेँ। पार्टीको काममा जान्छु भन्दा जान नदिने,’ समीले भनिन्, ‘एउटा कामका लागि जान्थेँ। तर घरमा अर्कै काममा जान लागेको भनेर ढाँट्थे।’
३५ वर्ष एमालेको राजनीति गरेका समीका बुवा अहिले पार्टीको कुनै संगठनमा आवद्ध छैनन्। ‘बुवासँगै राजनीति सुरुवात गरेकाहरु अहिले शीर्ष नेताका रुपमा स्थापित छन्। लामो समयसम्म राजनीतिमा लाग्दा कुनै स्थान नदिएपछि बुवाले राजनीतिक यात्रा समाप्त गर्नुभयो,’ उनले भनिन्, ‘राजनीतिमा बुवाको अधुरो सपना साकार पार्न विद्यार्थीदेखि नै राजनीतिमा लागेकी हुँ।’
समीका बुवा मीनबहादुरका सहपाठी कर्णबहादुर थापा अहिले एमाले स्थायी कमिटी सदस्य छन्। उनी एक पटक मन्त्री भइसकेका छन्।
‘कर्णबहादुर थापा र मेरो बुवा सँगै नेपाल ल क्याम्पसमा पढ्नुहुन्थ्यो। एकै कलेज, रुम पार्टनर फेरि एकै दिन राजनीतिमा प्रवेश गरेको,’ समीले भनिन्, ‘तर, बुवाको हकमा मूल्यांकन भएन। २०७१ देखि उहाँ पार्टीको कुनै कमिटीमा हुनुहुन्न।’

राजनीतिमा बढ्दो युवा आकर्षण कमी हुन नदिने
जिल्ला सदस्यमा निर्वाचित भएपछि समीले राजनीतिमा बढ्दो युवा आकर्षणलाई कमी हुन नदिने पनि बताएकी छन्।
देश बनाउन सचेत युवा पुस्ताको नेतृत्व राजनीतिमा खाँचो परेको भन्दै उनले पार्टी बलियो बनाउन र पार्टीमा युवाका मुद्दालाई अगाडि सारेर उनीहरुका एजेण्डा स्थापित गर्ने बताइन्।
विचारमा नयाँपन, अध्ययनशील, वैचारिक, तार्किक, देशप्रति जिम्मेवार र कर्तव्यनिष्ठ युवाले राजनीतिमा आउन जरुरी रहेको उनले बताइन्। उनले राजनीतिलाई अगाडि बढाउँदै गर्दा महिलाका मुद्दाहरु पनि सम्बोधनका लागि पहल गर्ने योजना सुनाइन्।
‘लैङ्गिक समानताका लागि कुर्सी छोडेर नेतृत्व सम्हाल्न योग्य महिलालाई स्थान दिने व्यक्ति आजसम्म कुनै पार्टीमा भेटिएका छैनन्,’ समीले भनिन्, ‘संख्यात्मक उपस्थिति गराउन मात्रै महिलालाई स्थान दिइन्छ। यो परिपाटीका कारण महिलाको नेतृत्व विकास हुन सकेको छैन। यसविरुद्ध महिलाका आवाज बुलन्द पार्छु।’
उनले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा गएका तल्लो तहका कार्यकर्तालाई फर्काएर पार्टी बलियो बनाउन सकिने पनि धारणा राखिन्।
तल्लो तहका नेताहरु फर्किए एकीकृत समाजवादीका शीर्ष तहका नेताहरुलाई पनि एमालेमा फर्किन दबाब सिर्जना हुने समीको बुझाइ छ।
‘एमाले छाडेर गएकालाई पार्टीमै ल्याउँछौँ। तलका कार्यकर्ता फिर्ता ल्याउने हो भने माथिल्लो तहका नेताहरु पनि आइहाल्नुहुन्छ,’ एमाले बलियो बनाउने योजना सुनाउँदै उनले भनिन्, ‘तल्लो तहमा कार्यकर्ता नै नभए माथिल्लो तहका नेताहरुलाई पुरानै पार्टीमा फर्किन दबाब परिहाल्छ नि।’
काठमाडौंको कीर्तिपुरस्थित सहिद स्मारक कलेजबाट प्लस टु र कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसबाट स्नातक पूरा गरेर समी बाजुरामा पार्टी जिम्मेवारी सम्हाल्न पुगेकी छन्।



विश्व खबर 



















