images
images
  • निर्वाचनसम्म गठबन्धन कायम रहन्छः अध्यक्ष नेपाल

    राँझा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।

    समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गरे ।

    नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए ।

    संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उहाँले नेकपा ९एमाले०प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दावीसमेत गरे । नेकपा (एकीकृत समाजवादी( पार्टीप्रति जनलहर बढ्दै गएको दावी गर्दै नेपाली जनताको विश्वास जित्न आफ् लागेको उनको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उहाँले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए ।

    सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । बिहीबार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images