images
images
  • झापामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

    झापा । झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।

    दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो । यस्तै झापा गाउँपालिकाले बाह्रदशीलाई ३–१ सेटले हराएको हो ।

    प्रतियोगिताको विजेताले रु एक लाख ५१ हजार तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images