images
images
  • एमाले झापा इन्चार्जमा अग्नि खरेल

    झापा । नेकपा (एमाले)ले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो ।

    खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ ।

    खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images