images
images
  • डेउडा गायक जोशीमाथि कुटपिट

    बैतडी । डेउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो । आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका(९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए ।

    उनले भने, ‘हामी दिनभरी भिडियो छायांकनमा थियौं । साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए । आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाई छ ।

    कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ ।

    कुटपिटबाट जोशीको छाती, आँखा, नाकलगायत ठाउँमा गम्भीर चोट लागेको छ । अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोशीले बताए । घटना महेन्द्रनगरस्थित चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो ।

    घटनाको विषयमा अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images